![]()
धनकुटा । उद्योगमन्त्री सुनिलबहादुर थापाले रुग्ण उद्योगलाई पूर्नजीवित गर्न निजीकरण गर्नुपर्ने बताउनु भएको छ । धनकुटामा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले राष्ट्रिय औद्योगिक नीति व्यवहारिक नभएकाले सरकारी लगानीका उद्योग मासिंदै गएको बताउनुभयो ।
बिजुलीको ब्यवस्था, कच्चा पदार्थ आयात र उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण बनाएर उद्योग संचालनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने उहाँले बताउनुभयो । मन्त्री थापाले हेटौंडा कपडा उद्योग, बाँसबारी छाला कारखाना, गोरखकाली रबर उद्योग, चिनी तथा जुट प्रशोधन उद्योग रुग्ण बन्नुमा सरकारको अब्यवहारिक नीति मुख्य कारक रहेको उल्लेख गर्नुभयो ।


