Breaking News.... EverestOnlineKhabar
June 7, 2026

घुन्सा हेलिकप्टर दुर्घटनाको ११ बर्ष पूरा, सम्झनामा संरक्षणबिद्

Loading

काठमाडौं । ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना भएको आज एघार वर्ष पूरा भएको छ । तत्कालीन वन तथा भू–संरक्षण मन्त्री गोपाल राई सहित २४ जनाको २०६३ साल असोज ७ गते  घुन्सामा हेलिकप्टर दुर्घटनामा परी ज्यान गएको थियो ।

ताप्लेजुङको घुन्सामा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा बाक्लो हुस्सुका कारण घुन्साको फले भिरमा हेलिकप्टर ठोक्किएको थियो ।

दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।

घटनास्थल ताप्लेजुङ सदरमुकामदेखि अढाइ दिनको पैदल दुरीमा पर्छ । हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको योगदानको स्मरण गर्दै आज राष्ट्रिय संरक्षण दिवस मनाइँदै छ । दिवसको अवसरमा ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्चको आयोजनामा बृक्षारोपण र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed