Breaking News.... EverestOnlineKhabar
June 7, 2026

चेल्सीका डिएको कोस्टा एथ्लेटिको मड्रिड जाने पक्का

Loading

एजेन्सी,६ असोज ।
अन्ततःडिएगो कोस्टा आफ्नो पुरानो क्लब एथ्लेटिको मड्रिड जाने भएका छन् । स्ट्राइकर कोस्टाको स्पेनिस क्लब एथ्लेटिको मड्रिड अनुबन्धका सम्बन्धमा चेल्सी सहमत भएको हो । कोस्टोको अनुबन्ध आउँदो जनवरीमा हुनेछ ।
दुई क्लबबिच अनुबन्धका सम्बन्धमा सहमति जुटेको र अब व्यक्तिगत कुरा तथा मेडिकल मात्रै बाँकी रहेको छ । २८ वर्षका कोस्टा सन् २०१४ मा तीन करोड २० लाख पाउण्डमा एथ्लेटिको मड्रिडबाट चेल्सी आएका थिए । कोस्टाको मेडिकल केही दिनमा हुनेछ । कोस्टाले यो सिजन चेल्सीबाट खेलेका छैनन् ।
स्पेनिस राष्ट्रिय टिमका खेलाडी कोस्टाले अगस्ट महिनाको अधिकांश समय ब्राजिलमा रहेको आफ्नो पुर्ख्यौली स्थानमा बिताएका थिए । कोस्टाले चेल्सीबाट अहिलेसम्म एक सय २० खेलमा ५८ गोल गरेका छन् । उनले गएको सिजन प्रिमियर लिगमा २० गोल गरेका थिए ।
चेल्सीका प्रशिक्षक एन्टोनीओ कोन्टेले एसएमएस गरेर कोस्टालाई टिममा नरहेको बताएका थिए । त्यसपछि उनले चेल्सीबाट खेलेका छैनन् । त्यसपछि उनले आफू पुरानो क्लब एथ्लेटिको मड्रिड फर्किन चाहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed