![]()
कपिलवस्तु । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको अधिकार गाउँ गाउँमा ल्याउन आफू सफल भएको बताउनु भएको छ ।
विहीवार कपिलवस्तुको कृष्णनगरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू प्रयत्न नगरेको भए अधिकार गाउँमा नपुग्ने दावी गर्नुभयो । उहाँले पछिल्लो समय हरेक समुदायले माओवादीलाई हेर्ने दृष्टिकोण पनि फेरिएको धारणा राख्नुभयो ।
पछिल्लो समय आफू प्रधानमन्त्री हुँदा राम्रा काम गरेकाले माओवादी प्रवेश गर्नेहरुको लहर चलेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय नेताहरु मात्रिका यादव, केन्द्रिय सदस्य चक्रपाणी खनाल (वलदेव) केन्द्रिय सदस्य डिलाराम आचार्य तथा माओवादी जिल्ला इन्चार्ज भानु प्रकाश श्रेष्ठ लगायतले धारणा राख्नुभएको थियो ।


