Breaking News.... EverestOnlineKhabar
June 7, 2026

नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि विजयी, ज्ञानेन्द्रको सेन्च्यूरी

Loading

एजेन्सी । अभ्यासका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्ध हुने खेलको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले मायलापुर रिक्रियसन क्लबलाई हराएको हो । नेपालले रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लको शतकीय योगदानको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन जोडेको थियो । १२३ बल खेलेका ज्ञानेन्द्रले १३ चौका र १ छक्काको मद्दतमा १०० रन जोड्दै ‘रिटायर्ड आउट’ भए । नेपालका लागि शरद भेषावकरले ७३ बलमा ४८ रनको योगदान गरे ।

जवाफमा २५२ रनको लक्ष्य पछ्याएको मायलापुरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदैमात्र १९९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सुशन भारी, सागर पुन र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि, पहिलो अभ्यास खेलमा नेपालले मंगलबार तामिलनाडु प्रिमियर लिग क्लब डिन्डिगुल ड्रयागन्सलाई १५३ रनको फराकिलो अन्तरले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed