![]()
रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिमा नेपाली कांग्रेस विजयी भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत परोह नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
नगरपालिकाको मेयरमा कांग्रेसका शेष वकिल र उपमेयरमा सुगन्धी गिरी विजयी भएका हुन । वकिलले ६३३० मत र गिरीले ६०९८ मत प्राप्त गरे । उनीहरुका प्रतिद्वन्दी माओवादी केन्द्रका मेयरका उम्मेदवार अरुण जयसवालले ४०७७ र उपमेयर पुनम देवीले ३९५७ मत प्राप्त गरे ।


