Breaking News.... EverestOnlineKhabar
June 7, 2026

रियल मड्रिडलाई धक्का, बेटिससंग पराजित

Loading

एजेन्सी,५ असोज ।
स्पेनिस ला लिगा फुटबलमा यो सिजन खराब प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिडलाई गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित भयो । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा अन्तिम समयसम्म गोलरहित बराबरी भएको खेलमा इन्जुरी समय रियल मड्रिडका लागि घातक बन्यो । पाँच खेलको प्रतिबन्धपछि स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो मैदान फर्किएको खेलमा रियल मड्रिडबाट जोगिन सकेन ।

यो सिजन ला लिगामा रोनाल्डोको यो नै पहिलो खेल हो। इन्जुरी समयको चौथो मिनेट अर्थात ९४ औं मिनेटमा खाएको गोल रियलका लागि महंगो साबित भयो । रियल बेटिसका लागि एन्टोनियो सानाब्रियाले गोल गरेका हुन् । २१ वर्षका सानाब्रियाले एन्टोनियो बार्रगानको क्रस बललाई हेड गरेर गोलमा परिणत गरेका हुन् ।
घरेलु मैदानमा जिनेदिन जिदानको टिम रियल मड्रिडले गोल गर्ने राम्रा अवसर बनाएको थियो । रोनाल्डोसहित रियल मड्रिडका अरु खेलाडीले २७ पटक गोल गर्ने मौका बनाएका थिए । तर गोल भने गर्न सकेनन् । रियल बेटिससँगको हारपछि युरोपियन च्याम्पियन रियल मड्रिड ला लिगामा शीर्ष स्थानको बार्सिलोना भन्दा सात अंकले पछि परेको छ । रियलको पाँच खेलबाट मात्रै ८ अंक भएको छ । शीर्ष स्थानको १५ अंक छ ।

लिग अन्तर्गत राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले हराएको एथ्लेटिको मड्रिड पाँच खेलबाट ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । अर्को खेलमा लास पालमसलाई १–० ले हराएको सेभिल्ला पाँच खेलबाट १३ अंकसहित दोस्रो स्थानमा कायम छ । यस्तै डिप्रोटिभो डि लाकोरुनाले एलाभेसलाई १–० ले हरायो भने लेगानेस र गिरोनाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed