Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

रौतहट,५ असोज ।
रौतहटको कठहरिया–८ बलुवा टोलमा झडप हुँदा एकजनाको मृत्यु भएको छ । व्यक्तिगत रिसइबीका कारण स्थानीय रामपुकार यादव र गौरी शंकर यादवबिच झडप भएको हो ।
झडपमा ४० वर्ष गौरीशंकरको कुटाइबाट ४८ वर्षका रामपुकार गम्भीर घाइते भएका र उहाँको उपचारका लागि लैजादै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाएका रामपुकार यादवको शव जिल्ला अस्पताल गौरमा राखिएको छ ।
घटनापछि कुटपिट गर्ने गौरी शंकर फरार छन् । उनको भाइ र छोरालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कठहरियाका प्रहरी नायव निरीक्षक दीपेन्द्र यादवले जानकारी दिनुभयो ।
घटनामा दुवै परिवारका केहि घाइते भएका स्थानीयले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed