![]()
सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन ।
सो नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार गंगा पासवान विजयी भएका छन् । यस्तै, उपमेयरमा माओवादी केन्द्रकै जानुका श्रेष्ठ विजयी भएकी छन् । पासवानले २ हजार ७१५ मत र श्रेष्ठले २ हजार ७४८ मत प्राप्त गरिन् ।


