Breaking News.... EverestOnlineKhabar
June 7, 2026

सरकारबिरुद्ध गोपाल खड्काद्वारा सर्वोच्चमा मुद्दा दायर, दशैंपछि पेशी

Loading

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका गोपालबहादुर खड्काले सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।

नेपालको संविधानको धारा ४६ तथा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायतका उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गर्नुपर्ने मागसहित खड्काले बुधवार रिट निवेदन दर्ता गरेका हुन । आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र त्यसको म्याद २०७५ माघ १२ गतेसम्म रहेकाले सरकारी निर्णय खारेज गर्न माग गरेका छन ।

आयल निगमको जग्गा खरिदलाई सार्वजनिक खरिद ऐन नियम अनुसारको सम्पूर्ण प्रक्रिया पूरा गरी निगमको तेल भण्डारण गृहका लागि विभिन्न स्थानमा जग्गा खरिद गरिएको उनको दावी छ । निवेदनमा उनले भनेका छन, ‘म बिरामी रहेकोले असोज २ गते विरामी विदा लिई घरमा आराम गरी बसेको अवस्थामा अकस्मात् विभिन्न टेलिभिजन, रेडियो, एफएम तथा अनलाइन मिडियामार्फत् मन्त्रिपरिषद्को बैठकबाट म निवेदकलाई निगमको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय भएको समाचार सम्प्रेषण भएको छ । ’

उनले आफूलाई हटाइएको आधिकारिक पत्र प्राप्त नभएको र दशैँको लामो सार्वजनिक विदा सुरु हुन लागेको र न्यायालयसमेत घटस्थापनादेखि बन्द हुने भएकोले सुनुवाईको मौकासमेत प्रदान नगरी हटाउने निर्णय हुन लागेको आरोप लगाएका छन ।
आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिन उनको माग छ ।

बिहीबारबाट अदालत विदा हुने भएकोले दशैँपछि मात्रै अब पेशी हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed