Breaking News.... EverestOnlineKhabar
June 7, 2026

विकास समिति बैठकमा फाष्ट ट्रयाकबारे छलफल, डिपिआर छिट्टै

Loading

काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त तथा राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई ÷मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर ) छिट्टै टुङ्गो लाग्ने जनाएको छ ।

व्यवस्थापिका संसद अन्तर्गत विकास समितिको बुधवारको बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले यसबारे जानकारी दिनुभएको हो ।

समिति बैठकमा बोल्दै रक्षा मन्त्री प्रधानले प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रक्षामन्त्री, मुख्य सचिव तथा प्रधानसेनापतिलगायत अन्य सरोकारवाला निकायलाई उक्त द्रुतमार्गको डिपिआरलाई छिटो टुङ्गोमा पु¥याउन निर्देशन दिइसकेको बताउनु भएको थियो ।

डिपिआर अध्ययनका लागि सरकारले पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा डिपिआर अध्ययन टोली बनाएको र सो टोलीले अध्ययन अन्तिम चरणमा पु¥याएको बुझिएको छ ।

सरकारले चार वर्षभित्र फाष्ट ट्याक सम्पन्न गर्ने लक्ष्य राखेको छ । यसको जिम्मा नेपाली सेनालाई दिइएको छ । समितिका सभापति रवीन्द्र अधिकारीले लामो समयदेखि विभिन्न कारणले अल्झेको द्रुत मार्गको निर्माण कार्य सेनाले जिम्मा पाएपछि नयाँ आशा जागेको चर्चा गर्दै छिटोभन्दा छिटो डिपिआरको काम सक्न निर्देशन दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed