![]()
बिबिसि । मध्य मेक्सिकोमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २३० नाघेको छ । ७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीका दर्जनौं घरहरु ध्वस्त बनाएको छ । थुप्रै मानिस अझै भग्नावशेषमा पूरिएको हुनसक्ने अनुमान गरिएको छ ।
उद्दारकर्ताहरुले भूकम्पबाट भत्केका भौतिक संरचनाबाट जीवितहरुको खोजी जारी राखेका छन् । मृत्यु हुनेमा एउटा विद्यालयका २० जना विद्यार्थी पनि परेका छन् जसको भवन भत्किएको थियो । अरु कैयौं हराइरहेका छन् । घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुले सडकमा अस्थाइ उपचार केन्द्र खोलेका छन् । टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति एनरिक पेन्या नियटोले उद्धार कार्यका लागि सेना खटाइएको बताएका छन ।
भूकम्पमा मृत्यु हुनेमा धेरैजसो छिमेकी राज्यहरु मोरेलोस र पोएब्लाका रहेका छन । ३२ वर्ष अगाडि दश हजार भन्दा बढीको ज्यान जाने गरी विनाशकारी भूकम्प आएकै दिन अर्थात सेप्टेम्बर १९ का दिन आएको हो ।
भूकम्पपछि राजधानीका बीस लाख जति मानिसहरुकहाँ बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ । मेक्सिको सिटी संसारमै सबभन्दा संघन जनसंख्या भएको शहर हो जहाँ दुई करोड मानिस बस्ने गर्दछन ।


