Breaking News.... EverestOnlineKhabar
October 6, 2026

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको पुर्जी

Loading

काठमाडौं, २३ असार ।

सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई ७ दिने पुर्जी काटेको छ।

विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी जाँचबुझ र अनुसन्धानका क्रममा केही विषयहरू बुझ्नुपर्ने भन्दै ७ दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन पुर्जी जारी गरेको हो।

स्रोतका अनुसार, जयवीरको नाममा रहेका केही व्यावसायिक लगानी, आर्थिक कारोबार र सम्पत्तिको स्रोतका विषयमा विभागमा उजुरी परेपछि आन्तरिक छानबिन भइरहेको थियो। सोही छानबिनका क्रममा थप स्पष्ट हुन र बयान लिनका लागि उनलाई म्याद तोकेर बोलाइनुभएको बुझिएको छ।

निर्धारित समयभित्र उपस्थित नभए कानुन बमोजिम अगाडि बढ्ने चेतावनी समेत पुर्जीमा दिइएको छ। पूर्वप्रधानमन्त्रीकै परिवारका सदस्यमाथि सम्पत्ति शुद्धीकरण विभागले पुर्जी काटेर छानबिन अघि बढाएपछि यस विषयलाई राजनीतिक र कानुनी वृत्तमा निकै चासोका साथ हेरिएको छ।

यस घटना र अनुसन्धानको विस्तृत विवरण आउन बाँकी छ।

थप अपडेटका लागि हेर्दै गर्नुहोला:

www.everestonlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed