![]()
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनमार्फत विद्रोह गरी गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको विषयले राजनीतिक वृत्त तातिरहेका बेला नयाँ कार्यसमितिमाथि ‘परिवारवाद’को प्रश्न उठ्न थालेको छ।
पार्टीमा आमूल परिवर्तन र रूपान्तरणको नारा दिएर विद्रोह गरेको गगन–विश्व समूहभित्रै पद बाँडफाँटमा परिवारवाद हावी भएको भन्दै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा आलोचना सुरु भएको हो।
ससुरा सदस्य, ज्वाइँ सभापति: प्रश्नमा ‘परिवर्तनको एजेन्डा’
नयाँ कार्यसमितिमा गगन थापा सभापति बन्दा उनका ससुरा समेत रहेका प्रभावशाली नेता अर्जुननरसिंह केसीलाई केन्द्रीय सदस्य राखिएको विषयलाई लिएर व्यङ्ग्य सुरु भएको छ। यसै सन्दर्भमा पत्रकार विराट अनुपमले सामाजिक सञ्जालमा कटाक्ष गर्दै लेखेका छन्:
“ससुरा केन्द्रीय सदस्य। ज्वाइँ सभापति। अरुको भएको भए परिवारवाद हुन्थ्यो। गगन–विश्व दाई टिमको भएकोले जायज जनमत त भन्ने होला!”
अनुपमको यो टिप्पणीले गगन थापाले उठाउँदै आएको “सिस्टम” र “नैतिकता” को राजनीतिमाथि प्रश्न ठड्याएको छ। अरु नेताले आफ्ना परिवारका सदस्यलाई अघि सार्दा ‘परिवारवाद’ देख्ने समूहले आफैं शक्तिमा पुग्दा उस्तै अभ्यास गरेको भन्दै आलोचना बढेको हो।
आधिकारिताको सकस कायमै
विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति बनेको घोषणा गरिए पनि यसले कानुनी र राजनीतिक रूपमा आधिकारिता पाउन अझै बाँकी छ। निर्वाचन आयोग र पार्टीको संस्थापन पक्षले यसलाई कुन रूपमा लिन्छ भन्ने अन्योल कायमै छ। एकातिर आधिकारिताको लडाइँ र अर्कोतिर आन्तरिक रूपमै ‘परिवारवाद’को आरोप लाग्नुले गगन थापा नेतृत्वको नयाँ टिमलाई सुरुवातमै नैतिक दबाब सिर्जना गरेको छ।
के गगनको ‘परिवर्तन’ नारामै सीमित हो?
कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको ठूलो आशा गरिएका नेता गगन थापाले आफ्नै ससुरालाई कार्यसमितिमा अटाउँदा यसलाई ‘गठबन्धनको बाध्यता’ मान्ने कि ‘परिवारवाद’को निरन्तरता? यो प्रश्न अहिले कांग्रेसका आम कार्यकर्ता माझ बहसको विषय बनेको छ।
विद्रोह गरेर नयाँ बाटो हिँड्न खोजेको टिमले पुरानै प्रवृत्ति दोहोर्याउँदा, यसले आम जनमत र पार्टीभित्रको सुदृढीकरण अभियानलाई कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी


