![]()
काठमाडौं ।
नेपालको शिक्षा प्रणालीले युवाहरूमा राष्ट्रियता र देशमै केही गर्ने भावना जगाउन किन सकिरहेको छैन? कक्षा ११ र १२ उत्तीर्ण हुने बित्तिकै ‘पढाइको बहाना’ मा विदेशिने युवाहरूको लर्को र स्वदेशमा उद्यमशीलतामा लगानी गर्न नचाहने प्रवृत्तिले यो प्रश्नलाई झन् बलियो बनाएको छ।
राज्यले ठूलो लगानीमा तयार पारेको जनशक्ति हरेक वर्ष लाखौंको संख्यामा विदेश पलायन हुनुले देशको बौद्धिक र आर्थिक मेरुदण्ड कमजोर बन्दै गएको छ।
राष्ट्रियतामाथि शिक्षाको ‘कमजोर जग’
राष्ट्रिय शिक्षा पद्धतिका नीतिगत दस्तावेजहरूले राष्ट्रिय एकता, संस्कृति र देशको आवश्यकताअनुसारको जनशक्ति विकास गर्ने लक्ष्य राखे पनि, विद्यमान शैक्षिक प्रणाली त्यस दिशामा प्रभावकारी हुन सकेको देखिँदैन।
सैद्धान्तिक र जागिरेमुखी शिक्षा: हाम्रो शिक्षा प्रणाली अझै पनि पुरानो ‘ ढाँचा’ मा आधारित छ। यसले विद्यार्थीलाई केवल जागिरे बन्न मात्र प्रेरित गर्छ, न कि सर्जक वा उद्यमी बन्न।
नैतिक र राष्ट्रप्रेमी भावनाको कमी: इतिहास, कला, संस्कृति र नैतिक शिक्षालाई प्राविधिक ज्ञानसँग जोडेर लैजाने आवश्यकता भए पनि पाठ्यक्रममा यी विषयहरूलाई गौण मानिएको छ। यसले युवाहरूलाई नेपाली माटोप्रति बफादार र राष्ट्रप्रेमी भावनाले ओतप्रोत गराउन सकेको छैन।
सरकारी नीतिमा कमजोरी: शिक्षा नीतिले अनिवार्य राष्ट्रसेवा वा उद्यमशीलतामा जोड दिने स्पष्ट प्रावधान नराख्दा युवाहरूमा स्वदेशमा योगदान गर्ने बाध्यता को भावना विकास हुन सकेको छैन।
किन बिदेसिन्छन् नेपाली युवा?
अध्ययनको नाममा विदेश पलायन हुने विद्यार्थीहरूको संख्या हरेक वर्ष बढ्दो छ। आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ लाख १२ हजारभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (NOC) लिएको तथ्यांकले देखाउँछ। यसका पछाडि शिक्षा प्रणाली मात्र नभई देशको समग्र राजनीतिक र आर्थिक अनिश्चितता पनि जिम्मेवार छ।
गुणस्तरीय शिक्षाको अभाव नेपालका विश्वविद्यालयहरूको शैक्षिक क्यालेन्डर नियमित नहुनु, समय सुहाउँदो कोर्सको कमी र कमजोर भौतिक संरचना।
रोजगारीको अनिश्चितता योग्यता र सीपअनुसारको रोजगारी नपाउनु, दक्ष जनशक्तिको लागि अवसरको कमी र श्रम शोषणको डर।
सामाजिक ‘देखासिकी’ अर्थशास्त्रीहरूका अनुसार युवाहरूमा बाध्यताभन्दा बढी सामाजिक रोगका रूपमा देखासिकी र विदेशिने लहड हावी हुनु।
सुधारको आशा नहुनु देशको समग्र राजनीतिक प्रणाली र सुशासनमा सुधार हुने आशाको किरण नदेख्दा सक्षम र आर्थिक अवस्था राम्रो भएका विद्यार्थीहरू समेत पलायन हुनु।
उद्यमशीलतामा किन छैन आकर्षण;
विदेशमा उच्च शिक्षा हासिल गरेपछि पनि अधिकांश युवाहरू उतै बस्ने मनस्थिति बनाउँछन्। स्वदेशमा लगानी गरेर व्यवसाय गर्न नचाहनुका मुख्य कारणहरूमा नीतिगत र संरचनागत चुनौतीहरू छन्।
अपर्याप्त वित्तीय पहुँच: युवा उद्यमीहरूलाई ऋण वा आवश्यक पूँजी पाउन कठिन हुनु र बैंकहरूले व्यावसायिक योजनामा विश्वास नगर्नु।
अस्थिर बजार र बिचौलियाको बिगबिगी: उत्पादित वस्तुको बजारीकरणमा समस्या, बिचौलियाको हावी र बजारमा मूल्य समायोजनको अभाव।
कमजोर नीतिगत कार्यान्वयन: सरकारले ‘युथ भिजन २०२५’ जस्ता योजना ल्याए पनि कार्यान्वयन फितलो हुनु र व्यावसायिक मार्गनिर्देशनको अभाव।
उच्च जोखिम: लगानीको वातावरण र प्रतिफलको सुनिश्चितता नहुँदा युवाहरूले जोखिम मोलेर उद्यम गर्न नचाहनु


