![]()
फागुन २१का लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनअघि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा कात्तिक मसान्तबाट सकिएको छ। निर्वाचन आयोगले यसअघि दर्ता भइसकेका दलहरूलाई चुनावी प्रयोजनका लागि दर्ता गर्न सोमवारबाट १० दिनको समय दिएको आयोगका सहायक प्रवक्ता ले बताए।
“कात्तिक मसान्तभित्र पुराना १२३ वटा दलले दर्ता नवीकरण गरेका छन्। थप ३३ वटा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन प्राप्त भएकामा कतिपयले प्रमाणपत्र पाइसकेका छन् भने केही दलसँग थप कागजात माग गरिएको छ ।
आगामी चुनावका लागि आयोगमा हर्क साम्पाङ देखि दुर्गा प्रसाईँसम्मले नयाँ दल दर्ता गराएका छन्।
भदौ २३ को प्रदर्शनको आह्वान गरेका जेन जी अगुवा मिरज ढुङ्गानाले नयाँ दल खोल्ने घोषणा गरे पनि निर्वाचनमा सहभागिताबारे निर्णय गरेका छैनन्।
आफूलाई भ्रष्टाचारविरोधी अभियानकर्मीको रूपमा चिनाउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा दर्ता प्रक्रियामा रहेको नयाँ दलले पनि निर्वाचनमा सहभागिताका लागि सर्तहरू अघि सारेका छन्।
उनले भने का छन पुर्ण रुपमा आन्दोलन बाट जन्म लिएकाे यो सरकारले अझै पनि खारेज गर्न बाकी रहेको धेरै काम छन्
राष्ट्रपति र सभामुख अनि सङ्घीयता जीवित राखेर गरेको चुनावले फेरि पनि जसका विरुद्ध लडेको हो, तिनै व्यक्तिलाई फेरि संसद्मा पुर्याउने काम हुन्छ भने हामी त्यसको पूर्ण विरोध गर्ने छौँ,” उनले भने।
नेपाली कांग्रेसका र ने क पा भने निशर्त सरकारले तोकेकै समयमा चुनाव गराए सहभागी हुने भएका छन्।


