Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

सुर्खेत, असाेज २९ –  जुम्लाबाट यो सिजनमा ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ । यो रेकर्ड भदौ र असोज महिनाको मात्र हो ।

कात्तिक मसान्तसम्म स्याउ निर्यातको क्रम जारी रहन्छ । कृषि विकास कार्यालय जुम्लाले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार, निर्यातको तथ्याङ्क गत वर्षको तुलनामा कम हो । गत वर्ष यो अवधिसम्म ९ हजार ३३१ मेट्रिक टन स्याउ निर्यात भइसकेको थियो, तर यो वर्ष घटेर ४ हजार ७२५ मेट्रिक टनमा खुम्चिएको छ ।

गत वर्ष जुम्लाले समग्रमा ६१ करोड २ लाख ४७ हजार रुपैयाँ बराबरको स्याउ निर्यात गरेको थियो । यद्यपि, यो पटक उत्पादनमै गिरावट आएको तथ्याङ्कले देखाउँछ । कृषि विकास कार्यालयका अनुसार, प्राप्त विवरणमा हालसम्म १३ हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमानित तथ्याङ्क छ ।कात्तिक मसान्तसम्म करिब ४५ करोड रुपैयाँसम्मको स्याउ निर्यात हुनसक्ने अनुमान कृषि कार्यालयले गरेको छ । गत वर्ष जुम्लामा १९ हजार ८४० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अहिले स्याउ उत्पादन घटेको छ । असिनाले यो पटक उत्पादनमा गिरावट आएको स्याउ कृषक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed