Breaking News.... EverestOnlineKhabar
August 12, 2026

प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ

Loading

२४ असोज, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभामा पत्राचार गरेका छन् ।

मधेस प्रदेश सभाका सचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा २८ असोजमा संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन हुन अनुरोध गरिएको छ ।

२३ र २४ भदौको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि सतिशकुमार सिंहले एकाएक कुरा फेरेका थिए ।

उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन् ।

बोली फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । सो मितिबाट ३० दिनभित्र मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यता मधेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले र जनमतले गत बुधबार ५८ प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाइसकेका छन् ।

हेर्नुहोस् पत्र :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed