Breaking News.... EverestOnlineKhabar
April 18, 2026

Loading

 काठमाण्डाैँ,असाेज १४-   सुरक्षाकर्मी पठायो, चाहिँदैन भन्छन् । नपठाउँ राज्यको सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठ्ने हो कि भन्ने डर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पोखरा आइपुग्दा सुरक्षाकर्मी नै ताउरमाउर भए ।

शिक्षामन्त्री नियुक्त भएपछि पहिलो पटक काठमाडौंबाट जहाज चढेर पोखरा आइपुगेका मन्त्री पुनले सुरक्षाकर्मीलाई फर्काइदिए र आफू ट्याक्सी चढेर पोखरा–३ नदीपुरतिर हानिए । नदीपुर त्यही ठाउँ हो, जहाँ महावीर परिवार २५ वर्षभन्दा लामो समयदेखि एउटै घरमा बसिरहेको छ ।

नजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री पुनको सुरक्षार्थ कास्की प्रहरी तम्तयार थियो । तर,  सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ)समेत नलिई पोखरा आइपुगेका पुन ट्याक्सी चढेर नदीपुर पुगेका थिए । नदीपुरमा उनको सुरक्षाका लागि प्रहरी भ्यानसहित पुगेको थियो तर उनले ‘पर्दैन’ भनेर फर्काइदिए ।

धर्के टिसर्टमा हाफ ज्याकेट, कानसम्म आइपुग्ने कपाल भएको शीरमा ढाकाटोपी, सपोर्ट सुज र पाइन्ट लगाएका मन्त्री पुन पछाडि झोला भिरेर मंगलबार पोखरा विमानस्थलबाट निस्किएका थिए । उनी धेरैको आकर्षणको केन्द्र थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed