![]()
काठमाडौं,असाेज १३ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मध्यम र श्रमजीवी वर्गको दैनिक जीवन कष्टकर हुँदै जान सक्ने चिन्ता प्रकट गरेका छन् ।
जेनजी युवा आन्दोलनपछिको परिस्थितिका सम्बन्धमा सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले आर्थिक गतिविधि ओरालो लाग्दै जाने र त्यसले सामाजिक–सामुदायिक आक्रोशलाई तीव्र पार्न सक्ने बताएका हुन्
उनी भन्छन्, ‘त्रासदीपूर्ण सम्भावनालाई रोक्न वामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरुले तत्कालै सक्रियता लिनुपर्छ । जेनजीले उठाएको एउटा मुख्य मागअनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्छ ।’
मुख्य नेताहरुलाई बिदा गरेपछि दलहरुभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरुको पुनर्गठनलाई तीव्र पार्नुपर्ने उनको धारणा छ ।


