Breaking News.... EverestOnlineKhabar
September 26, 2026

रास्वपा बैठक– सुमनालाई पार्टीमा फर्काउन कार्यदल बनाएर संवाद थाल्न माग

Loading

काठमाडौं, असाेज ७-  राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठबारे छलफल भएको छ। केन्द्रीय समितिको बैठकमा श्रेष्ठलाई पार्टीमा फर्काउनेबारे छलफल भएको प्रवक्ता मनिष झाले बताए।

बैठकमा श्रेष्ठले पार्टीलाई अहिलेसम्म गरेको योगदानबारे सम्मान गरेको समेत बताए। उनले भने, ‘उहाँ आफ्नो निर्णय लिन स्वतन्त्र हुनुहुन्छ। उहाँको बारेमा कसैले पनि नकारात्मक टिप्पणी गरेको छैन।’

उनले श्रेष्ठबाट धेरै कुरा सिक्न पाएको भन्दै नयाँ यात्राको लागि शुभकामना पनि दिए।उनले थपे, ‘उहाँलाई पार्टीमा फेरि फर्काउनुपर्छ भन्नेबारे केही साथीहरूले कुरा राख्नुभएको छ। कार्यदल बनाएर फेरि फर्काउने बाटो बनाउने हो कि भनेर। उहाँको तर्फबाट ठाउँ राख्नुभएको छ, त्यो एजेन्डा बोक्छु भनेर। त्यसबारे भविष्यमा छलफल गर्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed