Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौँ,असाेज ३- । राजधानीबाट गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल सुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरूमा घर जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।

टिकट बुकिङ खुला नभएका कारण मानिसहरू यसपटक घटस्थापना अगाडिदेखि नै घर जान थालेका हुन् । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनीतिक परिस्थितिले अधिकांश विद्यालय, क्याम्पसहरू बिदा भइसकेका छन् । विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किन जानेहरूको बसपार्कमा चहलपहल बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.