Breaking News.... EverestOnlineKhabar
May 10, 2026

Loading

काठमाडौं, असाेज २ –  बिहान साढे ११ बजे, घाम चर्किंदै थियो । गएरातिको झरीले भुईंमा पानीको आहाल बनेको थियो । आगजनीपछिको धुलो र पानी मिसिँदा कालो हिलोको नराम्रो गन्ध पालभित्र फैलियो ।

अदालतका कर्मचारीहरूले अगाडी एउटा कुर्सी र टेबल, छेवैमा अर्को सानो कुर्सी र टेबुल अनि ठिक सामुन्ने एउटा कुर्सी र टेबुल राखेका थिए । पछाडीपट्टि लहरै तीनवटा बेञ्च मिलाएर राखिएको थियो ।

सर्वोच्च अदालतको क्यान्टिनको सामुन्ने खडा गरिएको पालभित्र हप्प गर्मी थियो । करिब साढे ११ बजेतिर अधिवक्ता विरेन्द्र पाठक पसिना पुछ्दै त्यही पालभित्र छिरे अनि मुद्दाको फाइल पढ्न थाले ।

करिब पौने ११ बजेतिर एक सहयोगीका साथ न्यायाधीश सपना प्रधान मल्ल पालभित्र छिरिन् । अदालतका कर्मचारीहरू र कानून व्यवसायी जर्‍याकजुरुक उठे र उनलाई नमस्कार गरे । पालबाहिर रमिता हेर्नेको ताँती थियो । त्यसपछि उनले पालभित्रै बसेर मुद्दाको सुनुवाइ थालिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.