Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।

भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् ।

शिक्षण अस्पतालमा अब १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । ५ शवको पोस्टमार्टम भए पनि आफन्तले बुझेका छैनन् । आगजनीमा परेर तथा नयाँ बानेश्वरमा प्रहरीसँग झडप हुँदा मृत्यु भएका ८ वटा शवको पहिचान खुलेको छैन ।

मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । कस्तो प्रकारको सम्मान दिने भन्नेबारे मन्त्रिपरिषद्‍बाट निर्णय गरिने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.