Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रधानमन्त्री कार्कीले अघि सारिन् मुख्य ४ कार्ययोजना

Loading

काठमाडौं  — अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन गराउने, विध्वंस मच्याउनेहरूको छानबिन गर्ने, जेन–जीको मागअनुसार भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने र निजी क्षेत्रको मनोबल उठाउन कदम चाल्ने गरी मुख्य चार कार्ययोजना अघि सारेकी छन् ।जेन–जीको सोचअनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, भौतिक क्षतिको मूल्यांकन गरी कार्ययोजना बनाउनुपर्ने प्रधानमन्त्री कार्कीले बताइन् । ‘आगामी दिनहरूमा जेन–जी युवा पुस्ताको सोचअनुसार काम गर्नुपर्ने भएको छ,’ उनको भनाइ थियो, ‘समयले मागअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन, गुड गभर्नेन्स र आर्थिक समानताको काम गर्न अठोट

गर्नुपर्नेछ । क्षतिको मूल्यांकन गरी आगामी कार्ययोजना बनाउनुपर्नेछ ।’ जेन–जीले आन्दोलन सुरु गर्नुअघि ‘एन्टी करप्सन’ लाई मुख्य मुद्दा बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.