![]()
काठमाडौं, भाद्र २९ । एउटा युवा आन्दोलन, जसको केन्द्रमा कोही एक नेता देखिन्थेन । अहिले भने विस्तारै त्यसको केन्द्रमा देखिन थालेका छन्, सुदन गुरुङ ।
सत्तापलट हुनेगरी गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनको रापताप अझै सेलाएको छैन । आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री नियुक्ति भएर बल्ल आइतबारबाट काम थालेकी छन् ।
स्थिति केही सामान्य भएको छ । तर सत्तापलट गर्ने यो आन्दोलनका मुख्य व्यक्ति कोही थिए की स्वस्फूर्त जनता सडकमा आए ? यी दुवै प्रश्नहरूमाथि यतिबेर बहस र विमर्श भइरहेका छन् । जुन विमर्शको केन्द्रमा यतिबेला आइपुगेको एउटा नाम छ– हामी नेपाली अभियानका सुदन गुरुङ ।
जसका सुदनका कामका बारेमा धेरैथरी तथ्य र बहसहरू सञ्चार माध्यम, सामाजिक सञ्जालमा आएका छन् । हामीले आन्दोलन सुरु भएपछिका उनका केही गतिविधि र शैलीहरूलाई पछ्याएका छौं ।
भदौ २३ अर्थात्, सोमबारको दिन सुरुवातमा जेनजीहरू नै देखिएको यो प्रदर्शन भड्किँदा त्यो आन्दोलन जेनजीको मात्र रहेन । माइतीघरमा प्रदर्शन गर्न सुरक्षाकर्मीसँग अनुमति माग्ने अंकित मल्ल र खेमराज साउद फ्रन्टमा देखिएका थिएनन् । गुरुङ अगाडी आए ।


