Breaking News.... EverestOnlineKhabar
April 19, 2026

राष्टि्य झण्डा भिरेर राष्टि्य सम्पतिमा अागजनि ,खुल्दैछ पहिचान

Loading

काठमाडौं, भाद्र २९ — जेन–जी आन्दोलन चलिरहँदा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न थालेको छ । सार्वजनिक भइरहेका भिडियोहरूमा यस्ता कार्यमा राजनीतिक दलका नेता–कार्यकर्तासमेत संलग्न रहेको देखिएको छ ।

जेन–जी आन्दोलन सुरु भएको भोलिपल्ट मंगलबार संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका सार्वजनिक संरचना जलाइएका थिए । यस्तो काममा जेन–जी (१३–२८ वर्ष) भन्दा पनि अधिकांश पाका उमेरका व्यक्ति रहेको पाइएको छ ।

त्यस्ता व्यक्तिले मुख छोपेर तोडफोड र आगजनी गरेको फोटो र भिडियोमा देखिएको छ । मंगलबार निजी सम्पत्तिमा समेत आगजनी र तोडफोड गरिएको थियो । धेरैतिर लुटपाटसमेत मच्चाइएको थियो । यस्ता अराजक कार्य गर्न उद्यत युवामध्ये कतिपय त खुँडाखुकुरीसहित उत्रिएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता कैलाश कटुवालले जलिरहेको सिंहदरबारभित्र आफूहरू सफल भएको भन्दै खुसी व्यक्त गरेको भिडियो सार्वजनिक भएको छ । तर सिंहदरबार जलाउन आफू संलग्न नरहेको तर जेन–जीको आन्दोलन सफल भएकामा मात्रै खुसी व्यक्त गरेको कटुवालले दाबी गरेका छन् ।

‘आगजनी र तोडफोडमा मेरो संलग्नता छैन । मैले एक ढुंगा मात्रै हान्न लगाएको र हानेको कसैले प्रमाणित गर्छ भने म जस्तोसुकै सजाय भोग्न तयार छु,’ सार्वजनिक रूपमा आलोचना बढेपछि उनले स्पष्टीकरण दिएका छन्, ‘जेन–जीहरूको आन्दोलन सफल भयो भनेर म चिच्याइरहेको थिएँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed