![]()
काठमाण्डाैँ , भाद्र – २७ नयाँ प्रधानमन्त्रि राख्ने भवन सिह दरबारमा सजाइ रहेका छन् । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । ‘अन्य भवन पनि हेर्ने काम भयो, कुनै सद्दे छैनन्, एउटा विकल्प निर्माणाधीन गृहमन्त्रालयको नयाँ भवन हुनसक्छ भन्ने कुरा भएको छ,’ उनले भने ।
बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ । मन्त्रालयहरूका कागजात जलाइएको छ भने सवारी साधनमा व्यापक क्षति पुर्याइएको छ ।
मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ-कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए । सिंहदरबारबाटै प्रशासनिक काम गर्ने गरी तयारी गरिएको उनले बताए


