![]()
काठमाडौँ, २२भाद्र — ललितपुर महानगरपालिकाले लगनखेलको ऐतिहासिक न्हुँ (सप्तपातल) पोखरी संरक्षण र पुनर्निर्माणको हेतुले वडा नं. ५ मा रहेको अस्थायी तथा अनधिकृत संरचनामा डोजर चलाएको छ। यस अभियान अन्तर्गत वडाको कार्यालय भवन, १६ वटा सटरहरू लगायत अन्य संरचना ध्वस्त गरिएका छन्
महानगरले धूलो नियन्त्रण गर्न पानी छ्याप्दै गर्दा संरचनाहरू भत्काउने प्रक्रिया अगाडि बढाएको बताइएको छ।
नगरपालिकाले वडा नं. ५ लगनखेलमा रहेको नेपाल सरकारको नाममा स्रेस्ता कायम रहेको कि नं. १०५ क्षेत्रफल १७-०-०-० जग्गाको फिल्ड बुकमा पोखरी जनिएको (परापूर्वकालदेखि लामो इतिहास बोकेको) ऐतिहासिक न्हः पोखरीको जग्गामा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको हो । नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समय सीमा नाघेपछि आइतबार संरचनाहरू भत्काएको हो ।
विगत देखि नै अनधिकृत रूपमा भौतिक संरचना बनाई थप्दै पोखरीको अस्तित्व नै समाप्त पार्ने अवस्था बढ्दै गएकोले महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरूको संरक्षण गर्ने नीति बमोजिम न्हुः पोखरीको जीर्णोद्धार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदननगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन समेत गरिएको


