Breaking News.... EverestOnlineKhabar
October 2, 2026

टेलिकमबाट सरकारको निर्णय कार्यान्वयन, फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द

Loading

काठमाडौं भाद्र -२० । सरकारले गरेको निर्णयअनुसार नेपाल टेलिकमले शुक्रबार साँझदेखि फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि टेलिकमले आफ्ना सबै नेटवर्कमार्फत सामाजिक सञ्जालमा पहुँच अवरुद्ध गरेको हो ।

मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै अस्थायी रूपमा नियन्त्रण गर्ने निर्णय गरेको बताइएको छ । यो निर्णयअनुसार फेसबुकसँगै इन्स्टाग्राम, एक्स (ट्विटर), टिकटकलगायतका एप्स प्रयोग गर्न सकिने छैनन् ।

टेलिकमका प्रवक्ताले भने, “सरकारको निर्देशनअनुसार सेवा रोकिएको हो । प्रयोगकर्ताले केही समय यी प्लेटफर्म प्रयोग गर्न पाउने छैनन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed