Breaking News.... EverestOnlineKhabar
April 18, 2026

कीर्तिपुर क्रिकेट मैदानमा भदौ मसान्तमा प्यारापिटको काम सकिने

Loading

काठमाडौं, भदौ १८ – कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट (दर्शक दीर्घा) को काम भदौ महिनाको अन्त्यसम्म सम्पन्न हुने भएको छ। निर्माण कार्यमा तीव्रता दिइँदै गएको र आवश्यक जनशक्ति तथा सामग्री परिचालन भइसकेको निर्माण पक्षले जनाएको छ।

क्रिकेट संघ अफ नेपाल (CAN) का प्रवक्ता रोजन सिंहले जानकारी दिँदै भने, प्यारापिट निर्माणको मुख्य संरचना लगभग अन्तिम चरणमा पुगेको छ। अब फिनिसिङ, रंगरोगन र सिट जडान मात्र बाँकी छन्, जुन भदौ मसान्तसम्म सकिनेछ।

नयाँ प्यारापिट निर्माणपछि मैदानको दर्शक क्षमता करिब ५,००० पुग्नेछ। हालसम्म कीर्तिपुर मैदानमा अस्थायी प्यारापिट र खुला स्थानमा दर्शक बस्ने व्यवस्था रहँदै आएको थियो। नयाँ संरचनाले अन्तर्राष्ट्रिय खेलका लागि आवश्यक आधारभूत सुविधा पुर्‍याउने अपेक्षा गरिएको छ।

भविष्यमा नेपालमा हुने सम्भावित एसिया कप, टी–२० विश्वकप क्वालिफायर तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राखेर प्यारापिट निर्माणलाई प्राथमिकता दिइएको हो।

प्रवक्ता सिंहका अनुसार, आईसीसीले आवश्यक मापदण्ड अनुरूप संरचना तयार गर्न सुझाएको थियो। यो प्यारापिट त्यसैअनुसारको डिजाइनमा निर्माण भइरहेको हो।”

निर्माण कार्यमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा क्यानको संयुक्त सहकार्य रहेको छ। निर्माणमा बजेट र समय दुवैमा पारदर्शिता अपनाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed