114 total views, 2 views today
वीरेन्द्रनगर, सुर्खेत
वीरेन्द्रनगर नगरपालिका-१० बुलबुलेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २५ वर्षीय गोरख शाही र सोही ठाउँ बस्ने २५ वर्षीय सुदिप सुनार रहेका छन् । कर्णाली प्रदेश लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।