Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एकीकृत समाजवादीका नेतालाई एमालेले जबर्जस्ती पार्टी प्रवेश गराएको भन्दै लफडा

Loading


सप्तरी। एकीकृत समाजवादीका नेतालाई एमालेले जबर्जस्ती पार्टी प्रवेश गराएको भन्दै लफडा भएको छ । सप्तरीको राजविराजमा समाजवादीका नेतालाई एमाले नेताहरुले जबर्जस्ती पार्टी प्रवेश गराएपछि लफडा सुरु भएको हो ।
एकीकृत समाजवादीका राजविराज नगर कमिटी अध्यक्ष मनोज देवले आफूलाई नेकपा एमालेका नेताले जबर्जस्ती पार्टी प्रवेश गराएको बताएका छन् ।
अध्यक्ष देवले विज्ञप्ती जारी गर्दै आफुलाई जबर्जस्ती टीका लगाई पार्टी प्रवेश गराएको भनेर सामाजिक सञ्जालमा भ्रम छरेको बताएका छन् ।

पुराना साथीले बोलाएपछि आफू एमाले जिल्ला कमिटिको कार्यालय गएको र त्यहाँबाट फर्कने क्रममा एमालेका पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेलले जबर्जस्ती टीका लगाई पार्टी प्रवेश गराएको भनेर सामाजिक सञ्जालमा भ्रम छरेको उनको भनाई छ ।

अध्यक्ष देवले आफु एमालेमा प्रवेश गरेको हल्लामा कुनै सत्यता नभएको र आफु एकीकृत समाजवादी पार्टीमै रहेर काम गरिरहेको स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed