Breaking News.... EverestOnlineKhabar
April 19, 2026

नेकपा एसका प्रवक्ता भन्छन्ः २४ सिटभन्दा तल हुन्न, गठबन्धनका कम्युनिष्टसंग एकता हुन्छ

Loading

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी प्रतिनिधिसभाको २४ सिटभन्दा तल नझर्ने बताएका छन्। विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सिट बाँडफाँडको न्यूनतम आधार र मापदण्ड तय गरेअनुसार आफ्नो पार्टीले २४ सिटभन्दा तल नझर्ने बताएका हुन्। सत्ता गठबन्धन दलका शिर्ष नेताहरुबीच सिट बाँडफाँडको विषयमा घनिभूत छलफल भइरहेका बेला एकिकृत समाजवादीका प्रवक्ता खतिवडाको यस भनाईले गठबन्धनभित्र सिट भाँडफाँटको बिषय निकै पेचिलो बनेको देखिन्छ।

स्थानीय तहको निर्वाचनका क्रममा गठबन्धन दल काँग्रेस र माओवादीले आफ्नो पार्टीलाई धोका दिएको विषयमा गम्भीर समीक्षा भएको र अब धोका नदिने दुवै पार्टीले प्रतिबद्धता जाहेर गरेको कारण एकीकृत समाजवादी पनि गठबन्धनलाई विश्वास गरेर अघि बढ्न लागेको उनले भनाई थियो। उनले प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये ६ वटा क्षेत्रमा आफ्नो पार्टीको दाबी रहने समेत जानकारी दिए ।

माओवादी र समाजवादीबीच चुनावअघि नै एकता हुने चर्चाको बिषयमा प्रवक्ता खतिवडाले गठबन्धन भित्रका कम्युनिष्ट पार्टीहरूसँग एकता र सहकार्यको सम्भावना रहेको तर एमालेसँग कुनैपनि सहकार्य नगर्ने स्पष्ट पारे। उनले आगामी निर्वाचनमा एउटै चुनाव चिन्ह लिने कि नलिने भन्ने विषयमा भइरहेको छलफल निष्कर्षमा नपुगेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed