![]()

काठमाडौं । बन्दकर्ताले देशका विभिन्न ठाउँमा आगजनीका साथै गाडी तोडफोड गरेका छन् । आज बिहानै बन्दकर्ताले दाङको घोराहीबाट लमहीतर्फ आउँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बबई खोलाको पुल नजिक आगजनी गरेका छन्। आगजनीका कारण टिपरको अगाडिको भाग जलेको दाङ प्रहरीले जनाएको छ ।
बन्दका कारण आज बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुवाङ मुख्य बजार बन्द नै रहेका छन् भने छोटो दूरीका गाडी चलिरहेका भए पनि लामो दूरीका गाडी चल्न नसकेको प्रहरीले बताएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज बन्द आह्वान गर्दा देशका विभिन्न ठाउँको जनजिवन प्रभावित बनेको छ ।
बन्दकर्ताले काठमाडौंमै दुईवटा गाडीमा तोडफोड गरेका छन् । न्दकताृले कोटेश्वरको आकाशे पुल नजिक बा ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडबाट गाडीमा क्षती पुगेको छ । त्यस्तै बन्दकर्ताले भाटभटेनी अगाडी बा ३ ख ७९०६ नम्बरको हाइसको अगाडीको सिसा फुटाईदिएका छन्।
गाडीमा तोडफोड गर्ने विप्लवका एकजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै बन्द गराउँदै हिड्ने १८ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


