Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

आज दिउँसो पशुपति आर्यघाटमा नेता गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको गृह मन्त्रालयले जनाएको छ । आर्यघाट लग्नुअघि उनको उपचारका क्रममा गएराती निधन भएको ललितपुरस्थित मेडिसिटी अस्पताल प्राङ्गणमा श्रद्धाञ्जलीका लागि पार्थिव शरिर राखएिको थियो । त्यसपछि केन्द्रिय कार्यालय सानेपामा श्रद्धाञ्जली दिइएको थियो । सानेपादेखि पशुपति आर्यघाटसम्म गिरिको शव यात्रा गरिएको थियो । शवयात्रामा राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक, सर्वसाधारणहरुको उल्लेख सहभागिता थियो ।

नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन काँगेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट मै पुगेका थिए । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।

गएराती ९ बजे उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा गिरिको निधन भएको थियो । भारतमा क्यान्सरको उपचार गराएरफर्किएका गिरि अस्वस्थ भएपनि साउन दोस्रोसाता मेडिसिटी अस्पताल भनाई गरिएको थियो । नेता गिरि एक सामाजवादी चिन्तन बोकेका बौद्धिक, अध्ययनशील र सरल जिवनशैलीका नेताका रुपमा परिचित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.