Breaking News.... EverestOnlineKhabar
October 1, 2026

राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदमाबाट हुबहु पारित

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
राष्ट्रपतिबाट सन्देशसहित फिर्ता गरेको विधेयकलाई आज प्रतिनिधि सभाको बैठकमा पारित गरियोस भन्दै प्रस्तुत गरिएको थियो । उक्त विधेयकमाथि सत्तापक्ष र विपक्ष दलका सांसदहरुले आ आफ्नो धारणा राखेपछि मतदानका माध्यमबाट वहुमत साथ हुबहु पारित भएको हो।

विधेयक पारितका लागि भएको मत विभाजनमा १३५ सांसदले पक्षमा मत हालेका थिए भने प्रस्तावको विपक्षमा ६० जना सांसदले मत दिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका थिए । मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित थिए । आज दिनभर प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed