![]()
७ माध १, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गोरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिकाको आँपपीपलमा आकस्मिक अवतरण भएको हो । कैलाश एयरको हेलिकप्टर मध्याह्न करीब १२ बजे र ४५ मिनेटमा आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । आकस्मिक अवतरण गरिएको हेलिकप्टर करीब ३५ मिनेट आँपपीपलमै रोकिएको थियो । स्थानीयवासी सञ्जीव रानाका अनुसार बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । रासस


