Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नागरिक अगुवा भन्छन्: प्रधानमन्त्रीको कदम प्रतिगमनकारी

Loading

२०७७ पुस २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनको नागरिक अगुवाहरुले विरोध गर्नु भएको छ । काठमाडौंमा गरिएको कार्यक्रममा पत्रकार वकिल तथा अन्य संस्थाका नागरिक अगुवाहरूले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विषयलाइ प्रतिगमनको संज्ञा दिनुभयो । प्रतिगमन विरुद्ध नागरिक आन्दोलनले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन डबलीमा गरेको विरोध कार्यक्रममा नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री ओलीले संविधानलाई खेलाँचीको रुपमा प्रयोग गर्न नपाउने बताउनुभयो । संविधानअनुसार प्रतिनिधिसभा भंग हुन नसक्ने भन्दै श्रेष्ठले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिलिप थापामगरले नेपाल पत्रकार महासंघको स्थापना नै प्रतिगमन विरुद्ध लड्नका लागि भएको बताउदै अब पत्रकारले फेरि आन्दोलनमा उत्रिनुपर्ने बेला आएको बताउनुभयो । विरोध कार्यक्रममा नागरिक समाजका प्रतिनिधि मुक्तिसिंह तामाङले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदम प्रतिगामी मात्र नभई संविधान विरोधी काम भएको टिप्पणी गर्नुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.