![]()
२०७७ पुस २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण एसियाली देशहरु सँगसँगै निःशुल्क खोप लगाउने व्यवस्था गरिएको जानकारी गराएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले सम्पूर्ण सम्भावना खुल्ला गर्दै दक्षिण एसियाली देशहरु सँगसँगै नेपाली जनताले पनि निःशुल्क खोप लगाउने व्यवस्था गरिएको बताउनुभयो । मन्त्री त्रिपाठीले विभिन्न देशमा कुटनीतिक पहल मार्फत सरकार र सरकारकावीच समझदारीमा खोप ल्याउने पहल भइरहेको जानकारी गराउनुहुँदै खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने पनि स्पष्ट पार्नु भयो। पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको र नेपाल खोप आएको हप्तादिनमा खोप लगाउने व्यवस्था मिलाइएको जानकारी समेत दिनुभयो ।।


