Breaking News.... EverestOnlineKhabar
June 25, 2026

प्रधानमन्त्रीको भनाइप्रति प्रचण्ड–माधव समूहको कडा आपत्ति

Loading

२०७७ पुस २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै आपत्ति जनाएको छ । सचिवालयको आज साँझ बसेको बैठकले पूर्वप्रधानन्यायाधीशहरुले नागरिकको हैसियतमा बोल्दा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले आपत्ति जनाएको हो । सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले हरेक नागरिकले विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न आग्रह गर्नुभयो । प्रवक्ता श्रेष्ठले भने, सरकारी स्रोत साधनको दुरुपयोग गरिएको ठहर गरेको बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed