![]()
२०७७ पुस २६, काठमाडौं । एनसेलको सिमकार्ड भएका विद्यार्थीले आवश्यकताअनुसार विभिन्न विषयहरु अडियोमार्फत अध्ययन गर्न सक्नेछन् । विद्यार्थीले पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सिक्न सक्ने एनसेलले जनाएको छ । एनसेलले ‘अनपज’ अफरमा ‘एनसेल अडियो क्लास’ ल्याएको हो । पाठ्यक्रममाआधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने छ । एनसेलले पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध गराएको छ । ‘एनसेल अडियो क्लास’ प्रयोगका लागि १७१४४ डायल गरी प्राप्त निर्देशनअनुरुप अडियो क्लास सेवाको प्रयोग गर्न सकिने छ । इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, यूएसएसडी तथा वेब च्यानलमार्फत पनि प्रयोग गर्न सक्नेछन् । अडियो क्लासको लागि अहिले ३ दिन र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेको एनसेलले जनाएको छ । ३ दिनको प्याकमा विद्यार्थीले करसहित मात्र ७ रुपैयाँमा ५० मिनेटको अडियो क्लासको सेवालिन सक्नेछन् भने ७ दिनको प्याकमा करसहित १४ रुपैयाँमा १०० मिनेटको अडियो क्लासको सेवाबाट फाइदा लिन सक्छन् । कुनै अडियो प्याकअन्तर्गतको निश्चितमिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा ७ रुपैयाँमा फेरि खरिद गर्न सक्छन् । सेवा सुरु गरिएको पहिलो ५ महिनासम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि सेवा निःशुल्क प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।


