केन्द्रीय बैंकले आज एक/एक परिपत्र जारी गर्दै आगामी माघ १ गतेदेखि एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा शुल्क लिन पाउने व्यवस्था गरेको छ । बैंकका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार विद्यमान व्यवस्थाअनुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्र अर्को बैंक तथा वित्तीय संस्थाको एटिमएममा प्रयोग गर्दा कुनै शुल्क लिन नपाइने व्यवस्थामा संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार देशभित्र एउटा बैंकको कार्ड अर्कोमा दुईपटकसम्म प्रयोग गर्दा शुल्क लिन पाइने छैन । त्योभन्दा बढी कारोवारका हकमा भने बढीमा रु २० सम्म शुल्क लिन पाउने व्यवस्था गरिएको कार्यकारी निर्देशक कँडेलले जारी गर्नुभएको परिपत्रमा उल्लेख छ ।।