Breaking News.... EverestOnlineKhabar
April 19, 2026

चिसोबाट एकै परिवारका तीनजनाको मृत्यु

Loading

२०७७ पुस २३ महोत्तरी ।  महोत्तरीको मुख्य शहर बर्दिबासमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । वर्दिवासस्थित स्थानीय रामरती सदाको  बुहारी, नाति र परिवारकै एकजना नवजात शिसुको मृत्यु भएको हो । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा र तातो खानेकुराका अभावमा विगत तीनसाताको अवधिमा हास्य कलाकार धुर्मुस सुन्तलीले बनाएको वस्तीमा रहेकाएकै परिवारका ३ जनाको मृत्यु भएको हो ।  बस्तीमा रहेका  दलित मुसहर  परिवार मध्हेये करिव १८ जना सुत्केरी र १० जना गर्भवती महिला छन् । चिसो बढेसंगै तराइका विभिन्न वस्तीमा जनजीवन प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed