Breaking News.... EverestOnlineKhabar
May 10, 2026

Loading

२०७७ बैशाख ३०, काठमाडौं । सिरहा जिल्लाको लहान नगरपालिकामा एक जनाको हत्या गरिएको अवस्थामा शव बरामद भएको छ । लाहान नगरपालिका वडा नम्बर १७ मा पर्ने गोविन्दपुरमा एक जनाको घाँटी रेटी हत्या गरेको शव बरामद भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । प्रहरीकाअनुसार लगभग ४०–४५ वर्षको पुरुषको हत्या भएको हो । हत्या गरिएको व्यक्ति त्यहीँको स्थानीय सफिद मियाँ रहेको प्रहरीले जानकारी गराएको छ । हत्या किन र कसले गरेको बारे अनुसन्धान भइरहेको ईप्रका लाहानले छानबिन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.