![]()
२०७७ बैशाख २९, काठमाडौं । कोरोनाको कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरूलाई भतm बि बि हेल्पिङ फर हुम्यानिटि, काठमाडौं वडा नं १० बानेश्वरका बासिन्दा र काव्य स्कुलको सहयोगमा राहत उपलब्ध गराउने भएको छ । तेस्रो आँखा यूवा क्लबको सक्रियतामा २०७७ बैशाख १६ गते बाट नयाँ बानेश्वरको शुवर्ण मार्गमा रहेको काव्य स्कुलमा प्रत्येक दिन दिउँसो ३ बजे देखि ५ बजे सम्म प्याकिङ् खाना वितरण भैरहेको छ । खाना वितरण लकडाउन अवधि भरी नै सञ्चालन गर्ने क्लबका सचिव श्री विनोद थपलियाले बताए । साथै यस कार्यमा स्थानिय ब्यक्तिहरु पनि स्वर्फुत रुपमा खटिनुभएको जानकारी दिए.।

सामाजिक दुरी कायमगरी ७० जना स्वंमसेवकलाई तिन भागमा बिभाजन गरी दैनिक २०—२५ जना खटिदै आएको उनले बताए । यस क्लबले २०७२ बैशाख ५ गते शनिबारदेखि आफ्नो आगँन गल्ली सडकमार्ग आफैँ सफा गरौ भन्ने सरसफाई अभियान गर्दै आएको थियो । अहिले विश्वभरी नै फैलिरहेको कोरोना भाईरसका कारण सरकारले लकडाउन लगाए पश्चात हाललाई उक्त कार्यक्रम स्थगन गरिएको र लकडाउन खुलेपछि सरसफाई कार्यक्रम पुन सञ्चालन गर्ने अध्यक्ष सुरेश थापा मगरले बताए ।.




