Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

२०७७ बैशाख १८, काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभूषण प्रदान गरेको छ । जापान सरकारले बिहीबार वरिष्ठ नेता पौडेललाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको नेपाल स्थित जापानी दूतावासले जनाएको छ । जापान सरकारले प्रदान गर्ने ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड पौडेललाई प्रदान गरेको हो । पौडेललाई नेपाल जापान बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्मानको सो अवार्ड दिइएको बताइएको छ । त्यसैगरि पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान नेपाल फ्रन्डशिप पार्लमेन्टेरियन कमिटि गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed