Breaking News.... EverestOnlineKhabar
August 14, 2026

विवाहित युवतीद्वारा प्रेमिका नाममा सुसाइड नोट, प्रहरी जवानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

Loading

२०७७ बैशाख १८, गलकोट – सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् । बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको शव पोस्टमार्टम गरिए पनि उनका आफन्तले शव बुझेका छैनन् ।

प्रहरीले मुचुल्का सङ्कलन गरेर फर्किएपछि स्थानीय महिलाहरुले कोठाको खोजतलासी गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको सुसाइड नोट फेला परेको भन्दै उनका आफन्तले आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । मृतकको नामबाट लेखिएको सुसाइड नोटमा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ ।

गैरदलित युवासँग विवाह गरेकी उनले आरोपित दवाडीकै कारणले श्रीमानसँग सम्बन्धविच्छेद भएको सुसाइड नोटमा उल्लेख गरेकी छन् । सुसाइट नोटमा श्रीमान्सँग पनि सम्बन्धविच्छेद गरेको र प्रहरी जावनले पनि गर्भ स्वीकार गर्न नमानेपछि यता न उताको भएर आत्महत्याको बाटो रोज्नुपरेको उल्लेख गरिएको छ । उनले नोटमा गर्भको डिएनए परीक्षण गरी दोषीलाई कारवाहीको माग गरेकी थिइन् ।

छोरीको सुसाइड नोट भेटिएपछि मृतकका बाबा खड्काबहादुर सार्कीले सम्झनालाई मर्न बाध्य बनाएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडी विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवानकै विरुद्धमा दुरुत्साहन मुद्दा भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । “शङ्कास्पद घटना भएका कारण प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरिसकेको थियो”, प्रहरी प्रमुख भट्टले भने, “मृतकका परिवारले सुसाइड नोटसहितको उजुरी लिएर आएपछि दुरुत्साहन मुद्दा दर्ता गरेर गम्भीरताका साथ अनुसन्धानलाई अगाडी बढाएका छांँ ।” अपराध गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्छ भन्दै भट्टले प्रहरीले आत्महत्या दुरुत्साहन गरेको भए पनि उम्कन नदिने बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed