Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको उद्गम थलो चीनको वुहानमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या झण्डै ५० प्रतिशतले बढेको देखिएको छ । वुहान शहरले कोभिड १९ बाट ज्यान गुमाएको संख्या अपडेट गरेको हो । इपिसेन्टर वुहानमा ज्यान गुमाएको संख्या १२ सय ९० थपिएपछि चीनमा मृत्यु हुनेको कुल संख्या ३८ सय ६९ पुगेको छ । चीनका अधिकारीले थप भएको संख्या नयाँ मृत्यु भएका व्यक्तिको नभएको र यसबाट आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

महामारीको सुरुमा वुहानका केही अस्पतालमा बिरामीको अत्याधिक चाप भएको र ती अस्पतालहरुले सुरुमा ज्यान गुमाउनेको संख्या गलत टिपाएकाले अहिले पुनः संख्या संशोधन गरिएको चीनको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस्तै कुल संक्रमितको संख्या पनि वुहान ३२५ जनाले थपिएका छन् । योसँगै वुहानमा संक्रमितको संख्या ५० हजार ३३३ पुगेको छ । वुहानकै बासिन्दासहित विश्वभर चीनले प्रभावितको वास्तविक संख्या लुकाएको आशंका गर्दै आएका थिए । एक स्रोतले चिनियाँ अधिकारीले महामारीका प्रमुख ६ दिनको तथ्यांक भएको भन्दा कम देखाएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed