Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७७ वैशाख ५, काठमाडौँ – नेपाल कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आफ्ना कार्यकर्तालाई बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई सहयोग गर्न निर्देशन दिएको छ । अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै राजमार्गमा हिँडेरै सयौं किलोमिटर यात्रा गरिरहका मजदुरलाई सहयोग गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन् । बस्नेतले भनेका छन्, ‘नेपाल तरुण दलका सम्पूर्ण साथीहरुले आ–आफनो तर्फबाट राजमार्गमा हिँडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ ।’

तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मार परे पनि उनीहरुको व्यवस्थापन गर्न सरकार चुकेको आरोप लगाएको छ । ‘उनीहरुका निम्ति आवश्यक राहातको प्रबन्ध गराउनका लागि लकडाउन सुरु भए देखिनै हामीले पटक पटक ध्यानाकर्षण गराउदै आएका थियौं तर सरकार भने यो कार्यमा पनि चुकेको छ, बस्नेतले भनेका छन् । तरुण दलले माहामारी संकटको समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउनु पर्ने बेला सरकार भने कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्ति रमाइरहेको आरोप लगाएको छ । संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको दलले निन्दा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed